नमस्कार ! pahunaGhar.org पर्यटन एवं भ्रमणसँग सम्बन्धित भएर हाम्रो स्थानीय श्रोत र साधनको उच्चतम उपयोग गरि आर्थिक उपार्जनका लागि सांस्कृतिक आतिथ्य र स्थानीय खानाको प्रबन्ध मिलाउने बिद्धुतीय प्रणाली हो । यसले सांस्कृतिक, ग्रामिण र सामाजिक पर्यटनको बिकास गर्दै राष्ट्रलाई पर्यटन-मैत्री पहिचान दिलाउन र स्थानीय स्तरमा नै बिभिन्न किसिमका रोजगारीको सिर्जना गर्नका लागि महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

जो कोहिले यो सेवामा आबद्ध भएर आफ्नै घरमा खालि रहेका कोठाहरुलाई स्थानीय श्रोत र साधनको प्रयोग गरि बस्ने ठाउँको रुपमा पाहुनाहरुलाई उपलब्ध गराउने, आगन्तुकहरुलाई खानाको प्रबन्ध गर्ने, आफ्नो स्थानीय क्षेत्रको भ्रमण गराउने, कुनै सांस्कृतिक क्रियाकलापमा सहभागी गराउने वा अन्य कुनै अतिथि सत्कारसँग सम्बन्धित सेवा-सुबिधा सुचिकृत गर्न सक्नुहुनेछ । स्वदेशी तथा बिदेशी पाहुनाहरुलाई सेवा सत्कार गरि न्युनतम शुल्कमा खान र बस्न वा कुनै एकमात्र सेवा पाहुनाघर/ भान्साघर आफ्नै घरमा संचालन गर्नको लागि अनलाईन मार्फत फारम भर्न सक्नुहुनेछ । लिंक

सुचिकृत गरिएका सेवा-सुविधाहरु pahunaGhar.org को बिद्धुतीय प्रणाली मार्फत खोजी गर्ने संसारभरिका प्रयोगकर्ताहरुको पहुँचमा पुग्नेछ । ती प्रयोगकर्ताहरुले रुची, आवश्यकता, भावना, अवधि र मुल्यका आधारमा खोजि गरेपछि प्राप्त हुने नतिजा मध्ये आफैले छनौट गरेको पहुनाघरमा गएर आफुले चाहे अनुरुपको सेवा स:शुल्क प्राप्त गर्न सक्नुहुनेछ । यसरि सुचिकृत गरिएका पाहुनाघरहरु मध्ये आफ्नो रोजाईको पाहुनाघर, भान्साघर, नेवारी भोज वा अन्य सेवा लिनको लागि पाहुनाहरुले यस डिजिटल प्लेटफर्म मार्फत नै बुकिंग गर्न र्न सक्नुहुनेछ ।

महिला उद्धमशीलता साथै स्व-रोजगारको प्रबर्धन साथै राष्ट्रको पर्यटकीय पहिचानलाई अझ परिष्कृत गर्दै जन-जनसँग जोडेर नेपालको परम्परागत पाहुनाघरको प्रचलनलाई संसारभर प्रस्तुत गर्ने हाम्रो प्रयासले सेवा दिनेले आय-आर्जन गर्ने र सेवा लिनेले सस्तो र सुलभ मुल्यमा सेवा पाउने प्रत्याभूति गराउन चाहन्छौं ।

pahunaGhar.org मार्फत कुनै निश्चित स्थान, क्षेत्र वा गाउँलाई त्यहाँको प्राकृतिक, धार्मिक, सांस्कृतिक वा अन्य कुनै पर्यटकीय बिशेषताको आधारमा भ्रमण र पर्यटकीय गन्तव्यको रुपमा प्रबर्धन गर्ने उद्देश्य अनुरुप यसको प्रोटोटाइप भर्सनको शुरुवात गरि आन्तरिक पर्यटनलाई अझै बिस्तार गर्दै देशका कुनाकाप्चामा रहेका स्थानलाई चिनाउदै लैजाने र त्यस नव गन्तब्यमा पुग्ने, बस्ने अनि अवलोकन गर्ने, म्याप आदि सम्पूर्ण जानकारी राख्ने योजना सहित यसको शुरुवात गरेका छौं । समस्त देशवासीमा यस अवसरको पहिचान गरि सदुपयोग गर्नका लागि साथै तपाईं-हाम्रो गाउँ-ठाउँमा पर्यटनको प्रबर्धन गर्ने उद्देश्यमा सहयोग र सहकार्य गर्दै बिभिन्न भूमिकामा आबद्ध हुनुहुनका लागि pahunaGhar.org हार्दिक अनुरोध गर्दछ ।

धन्यबाद

प्रकाश उप्रेती
संस्थापक

pahunaGhar.org | आफ्नै घरको #Feelings