हाम्रो बारेमा

कुनै निश्चित स्थान, क्षेत्र वा गाउँलाई त्यहाँको प्राकृतिक, धार्मिक, सांस्कृतिक वा अन्य कुनै पर्यटकीय बिशेषताको आधारमा भ्रमण र पर्यटनको गन्तव्यको रुपमा प्रवर्धन गर्ने ।


हामी को हौ ?

उद्धमशील बन्ने अवसर

हामी एक खुला प्लेटफर्म हौं जुन हाम्रो राष्ट्रका गृहिणीहरुलाई आर्थिक सशक्तीकरणका अवसरहरू प्रदान गर्नमा केन्द्रित छ। आँफु भित्रको कलाको उपयोग गरि pahunaGhar को माध्यमबाट उनीहरुले आम्दानी गर्न सक्छन् । प्रायः सबैको घरमा एक पाहुना (पाहुनाहरू) को लागि बनेको कोठा हुन्छ, जुन प्रायः खाली नै हुन्छ र यस ठाउँ र खाना पकाउने कलाको प्रयोग गरि उनीहरूले pahunaGhar शुरु गर्न र यस मार्फत आम्दानी गर्न सक्छन् र आफ्नो जीवनस्तर उकास्न सक्नेछन ।

  • गृहिणी मात्र हैन, कुनै अन्य इच्छुक व्यक्तिले पनि आफ्नो ठाउँमा पाहुनाघर शुरु गर्न सक्दछन् ।
  • प्राकृतिक अनि सामाजिक महत्वको होमस्टे ।
  • बहुसंख्यक बिदेशीहरूलाई समृद्ध संस्कृतिमा रहन र समुदायमा बिभिन्न भावनाहरू बाँड्न पाउने विश्वसनीय घर ।
  • हामीले धेरै होस्टहरू र पाहुनाहरूलाई जोड्ने लक्ष्य राखेका छौं, जहाँ उनीहरूले संवाद र खोजी गर्न वा सेवाहरू प्राप्त गर्न सक्दछन् ।

गृहिणीले हाम्रो प्लेटफर्मबाट आम्दानी गर्न सक्नेछन, उनीहरूको दैनिक खाना पकाउने कामलाई थप व्यवस्थित र पाहुनाहरूलाई उत्कृष्ट आतिथ्यता प्रदान गर्न सक्षम बन्नेछन । जो कोहि आफ्नो आम्दानी बढाउन र आफ्नो जीवनशैली स्तरीय बनाउन चाहन्छ उसले pahunaGhar प्रयोग गर्न सक्दछ र पाहुनालाई आफ्नो ठाउँमा सत्कार गर्न सक्दछन । पाहुना र पाहुनाघरलाइ जोड्ने काम हामीले खुला प्लेटफर्मको माध्यमबाट गरिरहेका छौं ।

women empowerment

महिला सशक्तिकरण

pahunaGhar को डिजिटल प्लेटफर्मले महिलाहरुलाई आफ्नो जीवनस्तर उकास्नको लागि एक प्लेटफर्म प्रदान गर्दछ, जहाँ उनीहरु पाहुनाहरुलाई स्वादिष्ट खाना र अतिथि सत्कार गरि त्यस मार्फत उद्धमी बन्न सक्नेछन ।

homestay in nepal

घर बाट टाढा अर्को घर

घर देखि टाढा अर्को घर भएको जस्तो अनुभव जहाँ आफ्नै घरको फिलिंग्स आउने, नजिकको दृश्यावलोकन गर्न सकिने अनि कल्पना गरे जस्तै हेर्न पाउने अवसर ।

homestay in nepal

बहु अवसरहरू

pahunaGhar.org ले पाहुनाघर मात्र नभई विभिन्न किसिमका घरहरुलाई समेत प्राथमिकता दिन्छ जसमा भान्साघर, चराघर, खाजाघर आदि विभिन्न नाम र समूहमा बिस्तारित गरिएको छ ।

homestay in nepal

सबैका लागि बराबर

जसले पनि pahunaGhar शुरू गर्न सक्दछन, तपाईलाई चाहिने एकमात्र सीप भनेको राम्रो आतिथ्य र स्वादिष्ट खाना प्रदान गर्नु हो ।

अतिथिदेवो भव:

अतिथि देवो भव: शब्द संस्कृतबाट आएको हो, जहाँ यसको अर्थ "पाहुना भगवान हुन्"। यो धेरै जसो मानिसहरुले पाहुनाहरुलाई भगवानको वास्तविक अवतारको रुपमा व्यवहार गर्दछन । हाम्रो राष्ट्रमा पाहुनाहरूलाई सँधै नम्र र पूर्ण सम्मानका साथ व्यवहार गरिन्छ ।

अतिथि देवो भव: अतिथि सत्कार, अतिथिको सम्मान गर्ने र उत्कृष्ट आतिथ्य सेवाहरू प्रदान गर्ने बारेमा हो । पाहुना को हुन् वा उनको पृष्ठभूमि के हो त्यसले खासै फरक पार्दैन । पाहुनाहरुलाई कुनै हिचकिचाहट बिना ठूलो ध्यान राख्नु पर्छ । पाहुनाघरले रोजगारीका अवसरहरू र स्थानीय व्यक्तिहरूको जीवनस्तर बढाउन पनि मद्दत गर्दछ । यो एक पुरानो प्रकारको पहुनाघरको डिजिटल प्लेटफर्म हो जुन नेपालमा दीगो पर्यटन अभ्यासको बिकासमा योगदान पुर्याउन डिजिटल प्लेटफर्म विकास भएको छ ।

  • आतिथ्य सत्कार, आन्तरिक पर्यटनको प्रबर्धन, नयाँ ठाउँको खोजी अनि विश्वसामु आफ्नो ठाउँलाई चिनाउने अवसर

    अतिथिदेवो भव:

  • संस्कृतिको पहिचान गराउने, बारीका फुलहरु सजाउने, देखाउने अनि संस्कृतिको जगेर्ना गर्ने

    आतिथ्य र संस्कृति

  • उद्धमशीलताको बिकास, स्वरोजगारको अवसर, लगानी नगर्नु पर्ने सहजता

    बाँच्ने स्वतन्त्रता

  • गाउँ, शहर, प्राकृतिक सम्पदाको अवलोकन, मन लागेको ठाउँमा घुम्न जान पाउने अवसर, बस्नको लागि आफुले सोचे जस्तै ठाउँ

    नेपाल भर-आफ्नै घर

  • आफ्नो सीप, दैनिकी, आफ्नोपनको आभाष गराउने एउटा माध्यम, घरबाट काम गर्ने सुवर्ण अवसरहरू, आम्दानीको श्रोत

    महिला सशक्तिकरण

  • आफुले कस्तो पाहुनालाइ राख्ने भन्ने विकल्प, पाहुनालाइ निम्तो दिने पद्दति अनि छानेर बस्न अनि मिठो खान पाउने सुबिधा

    छान्न पाउने


दुई शब्द

खुल्ला आकासमा उडेका पन्छी देख्दा प्राय: सबैलाइ घुम्न मन लाग्छ । कहिँ जाउँ, कतै पुगौ, कहिँ एकान्तमा रुखको छहारि, कुनै यस्तो ठाउँ जहाँ जादा मामाघर गएको जस्तै फिलिंग्स होस् । आफ्नै देश भित्र, परै नपुगी, आफ्नै मातृभूमिमा आफुले आफ्नो देशको कुनाकाप्चामा रहेका प्राकृतिक सुन्दरता शुरुमा आफुले अवलोकन गरेर पर्यटनमैत्री भुमि बनाउदै लैजाने । भाषागत, सुचनाले भरिपुर्ण, सजिलो, सबैको लागि प्रविधिले के के गर्न सक्छ भन्ने प्रश्नको उत्तरमा पाहुनाघर चलाउन पनि सकिन्छ भन्ने प्रमाणित गर्न चाहन्छौ । बर्षौ पछाडि फर्केर हेर्ने हो भने हाम्रो पुस्तालाई आथित्य सत्कार के हो भन्ने थाहा थियो त्यसैले हामीले अतिथि देवो भव: भन्ने मन्त्र आत्मसाथ गरेका थियौ र सोहि कुरालाई डिजिटल माध्यमबाट त्यो पुरानो संस्कार अनि सत्कार के थियो भन्ने बारेमा एकादेशमा भन्ने "सम्बाद घर" हो । हरेक गाउँ अनि ठाउँमा पाहुनाघर होस्, जहाँ सन् १९५० को पल्टनको कुरा, आफ्नो अनुभव सुन्न अनि सुनाउन पाइयोस ।

प्राकृतिक सम्पदा, घुम्नको लागि रमणीय ठाउँहरु, ठाउँ ठाउँको आफ्नै मौलिकता, संस्कृति आदि विभिन्न गहनाहरुले भरिपूर्ण भएको नेपाल जस्तो प्राकृतिक देशमा पर्यटनको विकासमा पाहुनाघर जस्तो डिजिटल प्लेटफर्मले एक आपसमा जोड्न सहज बनाउनेछ ।

प्रकाश उप्रेती | संस्थापक